सहकारी पीडितहरूको विरोध प्रदर्शन

सेयर गर्नुहोस्

१७ साउन,काठमाडौं । बिहीबार काठमाडौंमा सहकारी पीडितहरूले अनौठो शैलीमा विरोध प्रदर्शन गरेका छन् । आफूहरूका समस्या समाधानमा सरकार गम्भीर नभएको भन्दै देशभरका सहकारी पीडितहरूले उक्त प्रदर्शन गरेका हुन् । देशभरबाट आएका सहकारी पीडितहरूले मानव साङ्लो बनाएर काठमाडौंको सडकमा मार्चपास गरेका हुन् ।

सहकारीमा समस्या समाधानका लागि भएको सहमति ६५ दिन पुग्दा पनि कार्यान्वयन भएको भन्दै सहकारी पीडितहरूले मानव सांङ्लो बनाए विरोध गरेका हुन् । सहकारी बचत संरक्षण राष्ट्रिय अभियानले रत्नपार्कबाट मानव साङ्लो बनाउँदै पीडितहरूलाई सडकमा उतारेको हो । सहकारी पीडितहरूले माइतघीर हुँदै काठमाडौंको टुँडिखेल क्षेत्रमा मानव साङ्लो बनाएर प्रदर्शन गर्दै सरकारलाई दबाब दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *