ब्राजिलमा भएको विमान दुर्घटनामा ६२ जनाको मृत्यु

सेयर गर्नुहोस्

२७ साउन, काठमाडौं । ब्राजिलको साओपाउलो प्रान्तमा भएको विमान दुर्घटनामा ६२ जनाको मृत्यु भएको छ । विमानमा चालक दलका चार सदस्य र ५८ यात्रु थिए । दुर्घटनामा विमानमा सवार सबै व्यक्तिको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । मृत्यु हुनेहरुमा ३४ पुरुष र २८ महिला थिए ।

एटिआर ७२-५०० विमान दक्षिणी राज्य पारानाबाट साओपाउलोस्थित ग्वारुलोस् विमानस्थलका लागि प्रस्थान गरेको थियो । उक्त विमान शुक्रबार राति राजधानी साओपाउलोभन्दा करिब ८० किलोमिटर उत्तरपश्चिममा रहेको विन्हेडो वस्तीमा दुर्घटना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *