सानो भर्‍याङ काठ फर्निचर उद्योगमा आगलागी

सेयर गर्नुहोस्

२९ साउन, काठमाडौं । सानो भर्‍याङमा एक काठ तथा फर्निचर उद्योगमा आगलागी भएको छ । आगलागी भएको खबर आएको र प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।
अहिले घटनास्थलमा प्रहरी वृत्त स्वयम्भूका डीएसपी पूर्णिमा चन्दको टोलीले पुगेको छ । भर्खरै आगलागीको जानकारी आएको थप विवरण आउन बाँकी रहेको उनले बताइन् । सशस्त्र प्रहरी बलको टोलीलाई खबर गरेर आगो नियन्त्रण प्रयास सुरु गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *