चर्को आलोचना भएपछि मधेशका मुख्यमन्त्री सिंहले हटाए आठ राज्यमन्त्री

सेयर गर्नुहोस्

२९ साउन, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज आठ राज्यमन्त्रीलाई हटाएका गरेका छन् । जम्बो मन्त्रिपरिषद् बनाएको भन्दै चर्को आलोचना भएपछिको मुख्यमन्त्री सिंहले आठ राज्यमन्त्री हटाएका हुन् । साउन २० मा एमालेका मोहम्मद जैद आलम, लोसपाका रामवावु यादव, जनमतका शम्भु कुमार साह, कांग्रेसका रेखा ठाकुर र निलम कुमारीलाई राज्यमन्त्री नियुक्त गरेको थियो ।

यसअघि नै एमालेका केशव राय, शारदादेवी थापा र जनमतका रन्जु खंगलाई राज्यमन्त्री नियुक्त गरिएको थियो । उनीहरूलाई पनि हटाइएको छ । पार्टीसँग सल्लाह नगरी राज्यमन्त्री थपेको भन्दै मुख्यमन्त्री सिंहलाई जनमत पार्टीले स्पष्टीकरण सोधेको छ । जम्बो मन्त्रिपरिषद् बनाएको भन्दै जसपाका युवा(विद्यार्थीले आन्दोलन गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *