गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु, अवस्था तनावग्रस्त

सेयर गर्नुहोस्

३१ साउन, काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिराखेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट स्कुटर केही मिटर परसम्म घिसारिएको थियो ।

दुर्घटनामा स्कुटरमा सवार महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख वेद विष्टले जानकारी दिए । उनका अनुसार ती महिलाको सनाखत भएको छैन ।

दुर्घटनापछि आक्रोशित मानिसहरुको भिड जम्मा भएको छ । उनीहरुले विरोध प्रदर्शन गरिरहेका छन् । अहिले सवारी आवागमन प्रभावित भएको छ । प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान समेत भएको छ । अहिले गठ्ठाघरको अवस्था तनावग्रस्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *