गट्ठाघर दुर्घटनाको छानबिन गर्न गृहमन्त्री लेखकको निर्देशन

सेयर गर्नुहोस्

३२ साउन, काठमाडौं । भक्तपुरको गट्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निर्देशन दिएका छन् ।

गट्ठाघरमा भएको दुर्घटनाबारे दुःख व्यक्त गर्दै मन्त्री लेखकले भनेका छन्, ‘गट्ठाघरको दुर्घटना हुनुमा कसैको गल्ती छ कि रु यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि रु यसको गम्भीरतापूर्वक छानबिन गर्नुहोस् ।’

बिहीबार दिउँसो भक्तपुरको गट्ठाघर चोक नजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो । ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमी वृत्तको जिम्मा लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *