सोलुखुम्बु हिमपहिरोमा करिब २० घर पुरिएको आशंका

सेयर गर्नुहोस्

३२ साउन,सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका– ४ थामेगाउँमा गएको हिमपहिरोले करिब २० घरमा क्षति पुर्‍याएको अनुमान गरिएको छ । शुक्रबार दिउँसो १ बजेर ४५ मिनेटको समयमा हिमपहिरो जाँदा दुधकोशी नदीमा भीषण बाढी आएको छ ।

हिमपहिरो गएको खबर प्राप्त हुनासाथ नेपाली सेनाको उद्धार टोली परिचालित भई प्रभावित इलाकाबाट ६ जनाको उद्धार कार्य गरेको थियो । नेपाली सेनाका अनुसार हालसम्म कुनै पनि मानवीय क्षतिको विवरण प्राप्त भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *