तपाईको आजको राशिफल कस्तो छ ?

सेयर गर्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । चुनौतीको सामना पनि गर्नुपर्ला, तर प्रयत्न गरे कार्यबाट फाइदा लिन सकिनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वाणीमा लगाम लगाउनु पर्ला नत्र झुटो बोल्न बाध्य भइनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । छटपटी बढ्नाले मन पनि कमजोर रहला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन्, तर मानसिक चिन्ता भने बढ्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । पार्टनरसिपको कार्यमा सफलता मिल्नेछ । दैनिकी विस्तारै सहज होला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आर्थिक कारोबारमा विवाद आउनेछ । स्वास्थ्यमा समस्या आउला अत: स्वास्थ्य प्रति सजग रहनु होला, साँझमा भने मन प्रसन्न ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आज चिन्ता छाडेर चिन्तन र कर्म गर्नाले राम्रो फल मिल्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आँटेको कार्य अगाडि बढ्ला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । व्यापारमा भने सफलता नमिल्ला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) गरेको कार्यमा बाधा आउनेछ । धूम्रपान र मद्यपानबाट टाढै रहनु होला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) राजनीतिक क्षेत्रको काम अघि बढ्नेछ । नयाँ कार्यको योजनले गति पाउनेछ । शुभ कार्यको चर्चा चल्नेछ । परिकारहरू खान पाइनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको योजना बन्ला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज स्वादिष्ट भोजन पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । सामाजिक हितको काम अघि बढ्ला । कुटुम्बको सहयोग पनि मिल्नेछ । –

Leave a Reply

Your email address will not be published. Required fields are marked *