परराष्ट्रमन्त्री राणा आज भारत भ्रमणमा जाँदै

सेयर गर्नुहोस्

२ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज भारत भ्रमणमा जाँदैछिन् । उनी आज बिहान साढे ११ बजे नयाँदिल्ली प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । उनी भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम छ । यसबीचमा उनले राजनीतिक भेटघाटसमेत गर्नेछिन् । परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेशमन्त्री एस जयशंकरको औपचारिक निमन्त्रणमा आरजु नयाँदिल्ली जान लागेकी हुन् । भारतमा रहँदा उनले समकक्षी जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

विदेशमन्त्री जयशंकरसँग दुई पक्षीय हित र नेपाल–भारत सम्बन्धका विविध पक्षमा कुराकानी हुने मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ । यो भ्रमणबाट उच्च तहको नियमित भ्रमण आदान–प्रदानले नेपाल र भातबीचको वर्षौं पुरानो द्विपक्षीय सम्बन्ध अझ गाढा हुँदै जाने मन्त्रालयको विश्वास छ । साथै आरजुले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारीबारे छलफल गर्ने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमण गराउन पहल पनि गर्ने उनको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *