रोल्पामा पहिरोमा पुरिदा एक जनाको मृत्यु, २ घाइते

सेयर गर्नुहोस्

२ भदौ, काठमाडौं । रोल्पामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

रोल्पा नगरपालिका-२ मूलपानीमा निर्माणाधीन बेथेल मण्डली चर्चको टहरोमा आज बिहान साढे चार बजेतिर पहिरो खस्दा रोल्पा नगरपालिका-१० घर भई सोही चर्चमा बस्दै आएकी धनजिता बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी भरत लामाले जानकारी दिए ।

शनिबारको प्रार्थनाका लागि आएकाहरुमध्ये तीन जना चर्चको टहरामा बास बसेका थिए । पहिरो चर्चमाथी खस्दा दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर भएकाले प्रादेशिक अस्पताल बुटवलमा रिफर गरिएको डिएसपी लामाले जानकारी दिए । अर्का एक घाइतेको भने जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *