अहिलेको सरकारको प्राथामिकता भनेकै भ्रष्टाचार अन्त्य गर्नु हो : प्रधानमन्त्री ओली

सेयर गर्नुहोस्

२ भदौ , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति लिने दोहोर्याएका छन् । यो सरकार नै भ्रष्टाचार नियन्त्रणका लागि बनेको उनको दाबी छ ।

आज एमालेनिकट खेलकुद विभागको कार्यक्रममा बोल्दै ओलीले यस्तो दावी गरेका हुन् । सरकारले भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी नगर्ने उनले बताए ।

ओलीले भने , ‘अहिलेको सरकार भ्रष्टचारका लागि बनेको हो । भ्रष्टाचार नियन्त्रणका नाममा स्टन्टबाजी गर्न र भ्रष्टाचार छोप्नका लागि होइन । भ्रष्टाचार खोजविन र कारवाही गर्ने हो । भ्रष्टाचारमा यो सरकारले शून्य सहनशीलता राख्छ। त्यो कुरा समयक्रममा व्यवहारमा देखिँदै जान्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *