नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झालाई थुनामा पठाउन आदेश

सेयर गर्नुहोस्

२ भदौ, काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी भएको प्रकरणमा पक्राउ परेका बेचन झा कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिर्थराज केसीको इजलासले आइतबार झालाई पुर्पक्षका लागि कारागार चलाननको आदेश दिएको हो ।

अदालतको आदेशपछि झालाई केन्द्रीय कारागार सुन्धानरा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । झालाई चार वटा कसुरमा मुद्दा दायर गरिएको थियो । ठगी, लिखत कीर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो । भारतीय समेत नागरिकता रहेको दाबी गरिएका झाको नेपाली ठेगाना भने पर्साको वीरगञ्ज उपमहानगरपालिका–७ छ । ६६ वर्षीय झाले भने आफूमाथि लागेको सबै आरोपको खण्डन गर्दै आफूलाई केही जानकारी नभएको बयान दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *