मोटरसाइकल दुर्घटना हुँदा प्रहरीका बरिष्ठ हबल्दारको मृत्यु

सेयर गर्नुहोस्

३ भदौ, चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा नेपाल प्रहरीका बरिष्ठ हबल्दारको मृत्यु भएको छ । बाबा पेट्रोल पम्प नजिक बागमती प्रदेश ०३–००३ प ६३७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक वरिष्ठ हवल्दार हेमन्तकुमार श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा आज बिहान ३ बजेर १९ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । लमजुङको राइनास नगरपालिका, धमिलीकुवाका ४३ वर्षीय श्रेष्ठ मकवानपुरको मनहरी इलाका प्रहरी कार्यालयमा कार्यरत थिए । उनी आफैं मोटरसाइकल चलाएर चितवनको खोलेसिमलस्थित निवासमा आउने क्रममा बिहानपख पौने तीन बजेतिर दुर्घटनामा परेका थिए । दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *