महिला भलिबल खेलाडीलाई जनही तीन लाख दिने सरकारको घोषणा

सेयर गर्नुहोस्

३ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय महिल भलिबल टिमसँग अन्तरक्रिया गरेका छन् । प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवम् खेलाडीबीच यस खेलले हालसम्मका उपलब्धि, पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालको विजयको सुनिश्चितबारे छलफल केन्द्रित थियो । प्रधानमन्त्री निवास, बालुवाटारमा मुलुकको कार्यकारी प्रमुखसँग सम्भवतः पहिलो भलाकुसारी गर्ने अवसरले आफूहरूलाई उत्साहित बनाएको खेल नेतृत्वकर्ता, प्रशिक्षक र खेलाडीहरूले बताएका थिए । प्रधानमन्त्री ओलीसँगको छलफलमा टिमका मुख्य प्रशिक्षक जगदीश भट्ट, कप्तान अरुणा शाही, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्द, खेलाडी सरस्वती चौधरीलगायत सहभागी थिए ।

प्रधानमन्त्री ओलीले दुई साताअघि सम्पन्न ‘काभा वुमन्स नेशन्स भलिबल प्रतियोगिता’ हेर्न आफूले चाहे पनि मन्त्रिपरिषद्को आकस्मिक बैठकका कारण जान नसकेको बताए । खेलाडीका प्रगति, चाहना र मागबारे आफू जानकार रहेको सुनाए । प्रधानमन्त्री ओलीले प्रतियोगिताका उपविजेता खेलाडीलाई सरकारले जनही तीन लाख दिने निर्णय गरेको जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले गत महिना नेपालमा रहेका रसियाली महिला भलिबल खेलाडीले आफूसँगको भेटमा नेपाली टिमको प्रशंसा गरेको स्मरण गराए । विश्वस्तरका खेलाडीबाट भएको प्रशंसाभित्र नेपाली टिमको सम्भावना लुकेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *