मुग्लिन सडकखण्डमा गुडिरहेको कारमाथि खस्यो ढुंगा

सेयर गर्नुहोस्

४ भदौ, चितवन । चितवनको नारायणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्दा कारमा सामान्य क्षति पुगेको छ । ईच्छाकामना गाउँपालिका-५ पर्ने सो सडकखण्डको तीन नम्बर पुल नजिकै मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बीएडी ८३२२ नं. को कारमा बिहान ८ बजेको समयमा माथिबाट ढुंगा खसेको हो । प्रहरीका अनुसार कारमा सामान्य क्षति भएको छ भने अन्य केही भएको छैन । कार भरतपुर महानगरपालिका -२ बस्ने सन्तोष कचिलाले चलाइरहेका थिए । अहिले सडक सञ्चालनमा छ । कार आफ्नो गन्तव्यतर्फ गइसकेको प्रहरीले जनाएको छ । गएराति देखि नै चितवनसहितका आसपासका क्षेत्रमा पानी परिरहेको छ । सावधानी अपनाएरमात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । असार २८ गते पनि सोही सडकखण्डमा यात्रुवाहक बसमाथि ढुंगा खस्दा चालकको मृत्यु भएको थियो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *