प्रचण्ड इमान्दार नबन्दा माधव नेपाल प्रधानमन्त्री बन्न पाएनन् : गगन थापा

सेयर गर्नुहोस्

४ भाद्र, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रचण्डले इमान्दारिताका साथ समझदारी कार्यान्वयन नगरेपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री बन्ने अवसर गुमाएको बताए। उनले भने, ‘प्रचण्डपछिको प्रधानमन्त्री माधव नेपाल र त्यसपछि पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको थियो।

माओवादी र समाजवादीसँग सहकार्य गरेर ०८४ सालसम्म सँगै जाने भनिसकेपछि कांग्रेसलाई आगामी निर्वाचनसम्म एक्लै प्रधानमन्त्री बन भनेर पटक(पटक आएको प्रस्ताव स्वीकार गरेनौं। तर, हामी समझदारीमा बाँधिएका थियौं। एकपटक समझदारी गरेपछि हामी इमान्दार भयौं। हामीले इमान्दारिता राख्यौं। हाम्रो इमान्दारितालाई कमजोरी नठान्नु। उनले एमाले र माओवादी सँगै रहन नसक्ने कुरा पटक पटक प्रमाणित भइसकेकाले कांग्रेस एमाले मिल्नुको विकल्प नभएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *