देउवा एक कार्यकाल बराबर पनि प्रधानमन्त्री हुन पाउनुभएको छैन : शंकर पोखरेल

सेयर गर्नुहोस्

४ भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काग्रेस सभाति शेर बहादुर देउवा ५ पटक प्रधानमन्त्री भईसक्दा पनि एक कार्यकाल (५ बर्ष) राम्रो संग नेतृत्व गर्ने अवसर नपाएको बताएका छन् । कांग्रेसका दिवंगत नेता प्रदीप गिरिको दोस्रो स्मृति कार्यक्रममा बोल्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवा ५ पटक प्रधानमन्त्री हुँदा पनि एक कार्यकाल बराबर सरकारको नेतृत्व गर्न नपाएको टिप्पणी गरेका हुन । ‘कतिपयलाई के लाग्दछ भने आदरणीय शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री हुनुभयो । अब छैटौपटक प्रधानमन्त्री हुने तयारीमा हुनुहुन्छ भन्दा कति पटक भएको भन्ने प्रश्न खडा हुन्छ ।

५ पटक हुनुभयो, तर एक कार्यकाल बराबरको नेतृत्व गर्नुभएको छैन नेपालको राजनीतिको विडम्बना त यही हो नि’, उनले भने । देउवा हेर्दा पाँच पटक भए पनि काम भने एक कार्यकाल ९५ वर्ष० बराबर पनि सरकारको नेतृत्व गर्न नसकेको पोखरेलको भनाइ छ । कुनै राजनीतिक दल र नेताले आफ्नो नीति अनुसार देश चलाउन कम्तीमा एक कार्यकाल पाउनुपर्ने उनले बताए । ‘हेर्दा पाँचपटक प्रधानमन्त्री हुनुभयो । समयका हिसाबले कति हुनुभयो ?’, पोखरेलले भने, ‘एउटा अवधि पाँच वर्षको हुन्छ । के धेरै हुुनुभयो भन्या ?’ त्यसका लागि थोरै र बलिया पार्टीहरु चाहिने उनले बताए । निरंकुशताविरुद्धको आन्दोलनमा धेरै राजनीतिक दल हुँदा पनि मिलेर काम गर्न सकिने भन्दै उनले विकास र समृद्धिका लागि भने बलिया दलहरु चाहिने धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *