बंगलादेशले श्रीलंकालाई पराजित गरेपछि नेपाल एक खेलअघि नै सेमिफाइनलमा

सेयर गर्नुहोस्

४ भदौ, काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनसिपमा मंगलबार बंगलादेशले श्रीलंकालाई २-० ले पराजित गरेपछि नेपाल एक खेलअघि नै सेमिफाइनल प्रवेश गरेको छ । यसअघि समूह ए को पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको थियो । बंगलादेशले पनि श्रीलंकालाई हराएपछि दुवै टोलीले समूहको अन्तिम खेल अघि नै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । लगातार दुई हारपछि श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ ।

अब बिहीबार नेपाल र बंगलादेशबीचको खेलले समूह एको विजेताको टुङ्गो लाग्नेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा बंगलादेशले दुवै हाफमा एक(एक गोल गरेको थियो । खेलको १७औं मिनेमा मिराजुल इस्लामले राबी होसेन राहुलको पासमा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा पिएस अहमाद नोभाले बंगलादेशका लागि दोस्रो गोल गरे । साफ यु-२० च्याम्पियनसिपमा शुक्रबार भुटान र माल्दिभ्सबीच खेल हुनेछ । भुटान पहिलो खेलमा भारतसँग १-० ले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *