दाङमा इनार सफा गर्ने क्रममा निसासिएर २ जनाको मृत्यु

सेयर गर्नुहोस्

५ भदौ, काठमाडौं । दाङमा इनार सफा गर्न भित्र छिरेका दुई जनाको निसासिएर मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका(१३ दमारगाउँका मुकेश विक र सोही ठाउँका यामबहादुर नेपाली छन् ।

उनीहरु बुधबार बिहान साढे १० बजेतिर दमारगाउँकै दुर्गा विकको इनार सफा गर्न भन्दै भित्र प्रवेश गरेका थिए । बाहिर निस्कन नसकी निसासिएको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय तलुसीपुरबाट खटिएको टोलीले उनीहरुलाई इनारबाट निकालेको थियो । उपचारका लागि राप्ति प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको ११ बजे बिहान चिकित्सकले मृत घोषणा गरेको दाङका डीएसपी रामप्रसाद तिमल्सिनाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *