भारतले आरजु देउवालाई लाई दिएको महत्वले एमाले बिच्कियो : अध्यक्ष प्रचण्ड

सेयर गर्नुहोस्

५ भदौ, काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतले दिएको महत्वले एमाले बिच्किएको बताएका छन् ।

बुधबारदेखि सुरु भएको बागमती प्रदेशस्तरीय प्रशिक्षणमा माओवादी अध्यक्ष प्रचण्डले भने, ‘आरजु राणालाई भारतले प्रधानमन्त्री तहको ट्रिट दियो । यसले एमाले बिच्चिएको छ । 

परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमणमा छिन् । सोमबार नयाँदिल्ली पुगेकी परराष्ट्रमन्त्री देउवाले मंगलबार भारतीय प्रधानमत्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *