रास्वपा स्थानीय तहको उपनिर्वाचनमा सहभागी हुने

सेयर गर्नुहोस्

५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तहको उपनिर्वाचनमा सहभागी हुने भएको छ । पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले उपनिर्वाचनमा सहभागी हुने निर्णय गरेको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी गराए ।

‘स्थानीय तहको उप निर्वाचनका आम नागरिकको अधिकार प्राप्तका लागि सुशासन कायम गर्ने बलियो कडिका रुपमा बढाउने निर्णय भएको छ,’ बुर्लाकोटीले भने । निर्वाचन आयोगले आगामी मंसिरमा स्थानीय तहमा रिक्त रहेका पदमा उप निर्वाचन गर्न लागेको छ । स्थानीय तहको निर्वाचन रास्वपाको सहभागिता लागि पहिलोपटक हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *