मुग्लिन–नारायणगढ खण्डमा भिरबाट खसेको ढुंगा लागेर बस पल्टियो

सेयर गर्नुहोस्

७ भदौ, काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सत्रकिलोमा माथिबाट ढुंगा खसेर लाग्दा यात्रु बस दुर्घटना भएको छ । रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बस माथि आज दिउँसो १ : ५० बजेतिर ढुंगा खस्दा चालक आत्तिएर बस अनियन्त्रित भएर सडकमै पल्टिएको मुग्लिन प्रहरीले जनाएको छ । उनका अनुसार दुर्घटनामा ११ जना यात्रु घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि चितवनको भरतपुरमा पठाइएको छ । उनीहरु सबैको अवस्था सामान्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *