मानापाथी हिमालमा हिमपहिरो जाँदा थासाङको बोक्सीखोला थुनियो

सेयर गर्नुहोस्

७ भदौ, काठमाडौं । धौलागिरी हिमश्रृंखलाको मानापानी हिमालमा हिमपहिरो गएको छ । शुक्रबार दिउँसो गएको हिमपहिरोले थासाङ गाउँपालिका-२ मा बग्ने बोक्सीखोला थुनिएको छ । गाउँपालिकाका प्रवक्ता गौतम शेरचनका अनुसार मानापानी हिमालमा गएको हिमपहिरो मूलकर्ख हुँदै छिप्लुङसम्म आइपुगेको छ ।

‘यो हिउँदमा चौरी र वर्षामा गाइचरण हो’, उनले भने, ‘मानवीय क्षति त छैन, गाईहरुलाई केही भयो कि भन्ने छ ।’ हिमपहिरोले बोक्सीखोला पनि थुनिएको छ । यो खोला तल गएर कालीगण्डकी नदीमा मिसिन्छ । ‘सम्पूर्ण खोला थुनिएको हो, करिब ८० प्रतिशत जस्तो थुपिएको छ’ उनले भने, ‘एकै पटक आयो भने तल बेली ब्रिजनिर रहेको १०÷१२ घरमा क्षति पुग्नसक्छ । हामीले सतर्क गराएका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *