सहकारी छानबिन समितिले सुरु गर्यो रवि लामिछानेसँग सोधपुछ

सेयर गर्नुहोस्

७ भदौ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछ सुरू भएको छ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले लामिछानेसँग सोधपुछ सुरू गरेको हो । उनीभन्दा अगाडि बोलाइएका छविलाल जोशीसँग सोधपुछ लम्बिएपछि रविसँग ढिलागरी सोधपुछ सुरू भएको समिति सचिवालयले जनाएको छ । छविलाल जोशी गोरखा मिडिया नेटवर्कका सञ्चालक हुन् भने राजनीतिमा आउनु अगाडि रवि लामिछाने गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *