काठमाडौं भित्रिने मुख्य राजमार्ग धादिङको बेल्खुमा पहिरोले सडक अवरुद्ध

सेयर गर्नुहोस्

१० भदौ, चितवन । धादिङको गजुरी गाउँपालिका ३, मा पर्ने बेल्खुमा ठूलो पहिरो खस्दा काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग पूर्णरुपमा बन्द भएको छ ।

आज दिउँसो करिब पाँच बजेको समयमा खसेको पहिरोले काठमाडौं भित्रिने बाटो पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए । उनका अनुसार प्रहरी, डिभिजन सडकका कर्मचारीसहितको टोलीले केही बेरअघिलेखि पहिरो पन्छाउन सुरु गरिएको छ ।

यद्यपि पानी परिरहेको कारण पहिरो पन्छाउन केही समस्या भने भइरहेको छ । डिएसी मिश्रले करिब ४५ मिनेटमा पहिरो पन्छाउन सकिने अनुमान गरिएको नेपाल प्रेसलाई जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *