तीर्थयात्री लिएर भारत गएको बस दुर्घटना, एक पुरुषको मृत्यु

सेयर गर्नुहोस्

१२ भदौ ,झापा । तीर्थयात्रीहरूको टोली लिएर भारतको मथुरा गएका झापा बिर्तामोडका एक व्यक्तिको सवारी दुर्घटनामा मृत्यु भएको छ। उनी प्रदेश नं १–४१५२ ख नं को मातृभाग्य रेखा बसका स्टाफ हुन्। करिब २६ जनाको तीर्थयात्रीको टोली लिएर धर्मेन्द्र भुजेल भदौ ४ गते चारधाम यात्राको लागि गएका थिए। भदौ १० गते राति ९ बजे भुजेल दुर्घटनामा परेको जनाइएको छ।

बस बिर्तामोडको भए पनि तीर्थयात्रीहरू सुनसरी भारदहको भएको बताइएको छ। गाडी पार्किङ गर्नेक्रममा आफ्नो बसको ढोकाबाट उत्रिने बेलामा उनलाई पछाडिबाट लरीले ठक्कर दिएको जनाइएको छ। दुर्घटनापछि भुजेलसँगै गएका बस मालिकलाई भारतीय प्रहरीले पक्राउ गरेको बताइएको छ।

सो घटनापछि तीर्थयात्रीहरू अलपत्र परेको बताइएको छ। मृतकको शव आज घर आइपुग्ने छिमेकीले जानकारी दिए। बस मथुरामा दुर्घटनामा परेको र तीर्थयात्रीहरू अलपत्र परेको विषयमा बुझ्ने प्रयास भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए।‍

Leave a Reply

Your email address will not be published. Required fields are marked *