मान्छे मार्नु, गोली ठोक्नु, प्रहरी चौकी आक्रमण गर्नु हिंसा नै हो : योगेश भट्टराई

सेयर गर्नुहोस्

११ भदौ, काठमाडौ । माओवादी सशस्त्र संघर्षलाई नेकपा (एमाले)का सांसदले ‘हिंसा’ भनेपछि प्रतिनिधिसभामा लामो समय तनाबग्रस्त भएको छ । बुधवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्ने क्रममा एमाले सचिव योगेश भट्टराईले ‘माओवादी हिंसा’ भनेका थिए । नेकपा (माओवादी केन्द्र)का सांसदले आपत्ति जनाएपछि सभामुख देवराज घिमिरेले संसदमा उठेको ‘हिंसा’ भन्ने अभिव्यक्तिबारे छानबिन गरेर निर्णय गर्न सचिवालयलाई निर्देशन दिए ।

सभामुखको रुलिङपछि पनि भट्टराईले माओवादी आन्दोलन हिंसा नै भएको बताए । ‘राजनीतिक प्रतिबद्धतामा के छानबिन हुन्छ रु हामीले लिएको सिद्धान्तमा के छानबिन हुन्छ रु’, उनले भने, ‘विद्युतको ट्रान्समिसन पड्काउनु, मान्छे मार्नु, गोली ठोक्नु, प्रहरी चौकी आक्रमण गर्नु र सामान्य मान्छेलाई आतंकित बनाउनु सबै हिंसा हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *