नेताविरुद्ध नाराबाजी गरेकै भरमा युवाहरुलाई पक्राउ गर्ने काम बन्द गरियोस : हरि ढकाल

सेयर गर्नुहोस्

११ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले नेताविरुद्ध नाराबाजी गरेकै भरमा युवामाथि धरपकड शुरू गरिएको भन्दै आपत्ति जनाएका छन् । बुधवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले नेतालाई गाली गरेकै भरमा युवालाई पक्राउ गर्ने रवैया नदेखाउन सरकारलाई चेतावनी दिएका हुन् ।

‘गौरा पर्वको अवसरमा नेतालाई गाली गरेको भन्दै अराजक बहाना लगाएर हिजोबाट युवालाई हिरासतमा राख्न थालिएको छ । स्वदेशमा अवसरबाट वञ्चित बनाइएका ती युवाले सिंहदरबारका बेइमानलाई खबरदारी गर्दा पक्राउ गर्न पाइँदैन’ ढकालले भने, ‘जिल्लामा स्टाटस लेखेकै भरमा पक्राउ गरिएको छ । यो कमिलाको उड्ने बेलामा प्वाख पलाएजस्तो नहोस् ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध सोमवार नाराबाजी गरेको आरोपमा दुईजना पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *