बाँकेमा बस दुर्घटना २ जनाको मृत्यु, २५ घाईते

सेयर गर्नुहोस्

१२ भदौँ, रूपन्देही । बाँकेको हवलदारपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दाङबाट नेपालगन्ज जाँदै गरेको बस जानकी गाउँपालिका गनापुर नजिकै हवलदारपुरमा दुर्घटना हुँदा २ जनाको मृत्यु र कम्तीमा २५ जना घाइते भएको प्रहरीले जनाएको छ । आज बिहान दाङबाट नेपालगन्जका लागि छुटेको भे १ ख २१२८ नम्बरको बस नेपालगन्ज पुग्नै लाग्दा गनापुरमा दुर्घटना भएको हो । घाइतेहरुमध्ये २१ जनाको भेरी अस्पतालमा, ५ जनाको कोहलपुरस्थित मेडिकल कलेजमा १ जनाको नेपालगन्ज नर्सिङ होममा उपचार भइरहेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए । मृतकको नाम भने खुलिसकेको छैन । बस अत्याधिक गतिमा रहेका कारण अनियन्त्रित भएर पल्टेको स्थानीयलाई उदृढ गर्दै प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *