काठमाडौंका १२ जना नगर प्रहरीलाई दर्ज्यानी चिह्न प्रदान

सेयर गर्नुहोस्

१३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलका १२ जना नगर प्रहरीको तह वृद्धि गरिएको छ । उनीहरुलाई आज वरिष्ठ प्रहरी नायब निरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

महानगरपालिका प्रहरी ऐन २०८० को व्यवस्थाबमोजिम प्रमुख प्रशासकीयस्तरीय निर्णयबाट नगर प्रहरी नायब निरीक्षकबाट नगर प्रहरी वरिष्ठ नायब निरीक्षकमा तह वृद्धि गरिएको महानगरले जनाएको छ । तह वृद्धि गरिएका प्रहरीहरुलाई दर्ज्यानी चिह्न प्रदान गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले, महानगरपालिकाको छवि नगर प्रहरीको आचरणमा देखिने भएकोले अनुशासित, निष्पक्ष, इमान्दार र उत्तरदायी सेवामा प्रतिबद्ध रहन निर्देशन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *