अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्वीर सार्वजनिक

सेयर गर्नुहोस्

१३ भदौ, काठमाडौं। अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउनेको तस्वीर प्रहरीले सार्वजनिक गरेको छ । अमेरिकामा नेपाली पत्रकारहरुले सञ्चालन गरेको पोर्टल नेप्योर्ककाअनुसार अभियुक्तको तस्वीर सार्वजनिक भएपनि पहिचान भने खुल्न सकेको छैन् । सीसीटिभी फुटेजअनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएको प्रहरीले जनाएको छ ।

अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको थियो । नेपालमा भोजपुरकी पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुग्नुभएको थियो । २१ वर्षीया मुनाको हत्या किन भयो भन्ने बारे प्रहरी अहिले पनि अनुसन्धानमै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *