हवाई दुर्घटना छानबिन प्रतिवेदनकै समीक्षा गर्न आवश्यक छ : पर्यटनमन्त्री पाण्डे

सेयर गर्नुहोस्

१३ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई दुर्घटनापछि बनेका छानबिन समितिले दिएका प्रतिवेदनमाथि नै समीक्षा आवश्यक रहेको बताएका छन् । बिहीबार वायु सेवा सञ्चालक सेवा संघ नेपालले आयोजना गरेको हवाई सुरक्षा सम्बन्धी दुई दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले नेपालको हवाई दुर्घटनापछि छानबिन गर्न बनेका समिति नै कति सत्य–तथ्यमा आधारित छन्, त्यसबारे समीक्षा गर्नु पर्ने बेला आएको बताए ।

‘छानबिन समिति बन्ने गरेका छन्, बनेका छानबिन समिति कति सत्य, तथ्यमा आधारित छन्, त्यसको समीक्षा गर्ने बेला भएको छ,’ मन्त्री पाण्डेले भने । उनले प्रतिवेदन तथ्यपरक हुँदा त्यसको कार्यान्वयन किन हुन सकिरहेको छैन, त्यसबारे समेत सोच्नु पर्ने बेला आएको बताए । उनले आन्तरिक हवाई यात्रुहरूमा समेत उड्डयन क्षेत्र प्रतिको विश्वास क्षयीकरण भइरहेको बताए । मन्त्री पाण्डेले यसबारे सरोकारवाला निकाय गम्भीर र सचेत बन्नु पर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *