कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

सेयर गर्नुहोस्

१६ भदौं,काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बीपीनगर सानेपामा बस्ने बैठकले सबै प्रस्ताव सर्वसम्मत रुपले पारित गर्ने तयारी रहेको छ । प्रस्तावमा मस्यौदा गर्ने काम भने जारी रहेको छ । यसअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तावले बैठक रोकिएको थियो ।

केन्द्रीय समितिमा प्रस्तुत गरिने मस्यौदालाई अन्तिम रूप दिन आइतबार दिउँसो १ बजे फेरि पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्ने जनाइएको छ । गत माघमा ललितपुरमा सम्पन्न महासमिति बैठकमा प्रस्तुत भएका प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने जिम्मेवारी पार्टी केन्द्रीय समितिलाई दिइएको थियो । शनिबार पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा महासमितिमा प्रस्तुत प्रस्ताव सर्वसम्मत पारित गर्ने सहमति भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *