बिमला तुम्खेवाको एकल कविता साँझ सम्पन्न

सेयर गर्नुहोस्

१६ भदौ, काठमाडौ । संचारिका समूह नेपालकी केन्द्रीय अध्यक्ष तथा कवि बिमला तुम्खेवाको एकल कविता कन्सर्ट सम्पन्न भएको छ । शुक्रबार ललितपुरको झम्सिखेलस्थित सोल एन्ड रेस्ट्रोमा संगीतकर्मी आदिश्री ढुंगाना र यजु आचार्यको साथमा उनको कन्सर्ट सम्पन्न भएको हो ।

कन्सर्टमा तुम्खेवाका १५ कविता प्रस्तुत गरिएको थियो। जसमा रैथाने संगीतकार तथा गायिका झुमा लिम्बुले छालहरू, सहरको बदनाम कथा,  छलि मुस्कानु र वाचन गरेकी थिइन् भने कवि सीता तुम्खेवाले यो रातमा तपाइलाई सम्झिएर नेपालको नक्सामा किनीमाको तिहुन र तिम्रो सम्झनामा वाचन गरेकी थिइन् ।

कार्यक्रममा उप-सभामुख इन्दिरा रानामगर , राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेल लगायत विभिन्न क्षेत्रका दुईसय भन्दा बढी विषेश व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । झुमा लिम्बु र सीता तुम्खेवाको संयोजनमा आयोजित यस कन्सर्टलाई बेलायत सेनाका क्यास् डिक लिम्बु तुम्खेवा, सिंगापुर प्रहरी इन्स्पेटर देवेन्द्र तुम्खेवा, अमेरिकामा कार्यरत प्रमिश तुम्खेवा, कोरियामा कार्यरत केवल तुम्खेवा, पूर्व शिक्षक भबिन्द्र तुम्खेवा र सुरेन्द्र तुम्खेवाले प्रायोजन गरेका हुन् भने बिमला तुम्खेवाको यस अघि भारत , हङकङ, अमेरिकामा एकल कविता वाचन सम्पन्न हुनुको साथै गुरुकुल , सर्वनाम , यलमाया , शिल्पी नाटकघर साथै शिद्वार्थ आर्ट ग्यालरीले एकल कविता वाचन कार्यक्रम आयोजना गरेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *