यसवर्ष अर्थतन्त्र सकारात्मक तवरले अगाडि बढ्छ : गभर्नर अधिकारी

सेयर गर्नुहोस्

१६ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले यसवर्ष अर्थतन्त्र सकारात्मक तवरले अगाडि बढ्ने बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार समाज ९सेजन०को २६औं साधारणसभाका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले राज्य र केन्द्रीय बैङ्कले लिएका नीतिले बजारमा सकारात्मक प्रभाव देखिन थालेको बताए ।

अर्थतन्त्रका सूचकांक सकारात्मक रहेको भन्दै भने राज्यले समेत सकारात्मक पहल गरिरहेको उनले बताए । अर्थतन्त्र सकारात्मक दिशामा रहेको देखाउने एउटा आधार अटो शो रहेको समेत उनले बताए । यो वर्ष लचिलो मौद्रिक नीति आएको भन्दै यो निजी क्षेत्रको मनोबल उठाउन महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *