राष्ट्रियसभाको बैठक बस्दै

सेयर गर्नुहोस्

१८ भदौ,काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभाका अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त वियेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने छन् । यस्तै, खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०७९–८० को चौथो वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *