बलियो टिम र प्रभावकारी योजनाको कारण पुर्ण समर्थन पाउनेमा ढुक्क छु :अध्यक्ष उम्मेदवार बराल

सेयर गर्नुहोस्

१८ भदौ,काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समिति निर्वाचन नजिकिएसंगै लोकतान्त्रिक समूहका अध्यक्ष पदका उम्मेदवार ईञ्जिनियर सुवासचन्द्र बरालले चुनावी दौडाहा तीव्र पारेका छन् । लोकतान्त्रिक समूहबाट साझा उम्मेदवार बनेका बराल टिमसहित अहिले देश दौडाहामा छन् ।

दौडाहामा सकारात्मक प्रतिक्रिया :-

चितवन, हेटौंडा, वीरगञ्ज, जनकपुर तथा विराटनगर हुँदै झापासम्म ईञ्जिनियरमाझ अन्तरक्रिया गरेका बराल अहिले सुदुर पश्चिम तथा कर्णाली दौडाहामा छन् । ईञ्जिनियरहरुसँग अन्तरक्रिया गर्दै अघि बढिरहेका बराल आएका प्रतिक्रियाबाट आशावादी देखिएका छन् । धनगढीमा बिहान भएको कार्यक्रममा ईञ्जिनियरहरुको बाक्लो सहभागीता थियो । स्थानीय तहको प्रमुख प्रशासकीयमा ईञ्जिनियर आफैं कुशल ईञ्जिनियर बराल आफू मात्र नभएर अब समग्र ईञ्जिनियरहरुको समग्र वृत्ति विकासको मुदद लिएर मैदानमा उत्रेका छन् ।

‘ईन्जिनियरिङ समुदायको समुन्नति : दशकको दृष्टिकोण’ नाराका साथ लोकतान्त्रिक समूहको नेतृत्व गरेर देश दौडाहामा उत्रिएका ईञ्जिनियर सुवासच्नद्रले देशमा बढिरहेको ईञ्जिनियरिङ जनशक्तिलाई राज्यले थप बढी जिम्मेवारी र अवसर प्रदान गर्नुपर्ने मुद्दा समेत उठाएका छन् । देशैभर छरिएर रहेका स्थानीय तहले विकास निर्माणमा महत्वपूर्ण काम गर्ने भएकाले ईञ्जिनियरलाई समेत प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गर्ने गरी व्यवस्था गर्न पहल गर्ने उनले प्रतिबद्धता जनाएका छन् । यसका लागि नीतिगत व्यवस्था गर्न लागि पर्ने उनको प्रतिबद्धता छ । साथै प्रदेश समितिलाई बढी अधिकार दिने र स्थानीय तहसम्मै ईञ्जिनियर प्रशिक्षण अघि बढाउनेसमेत बरालको योजना छ । यसले प्रदेश र स्थानीय तहसम्मै नेतृत्व विकास र अवसर दिलाउन सकिने उनको विश्वास छ ।

राज्यका विकास योजनामा ईञ्जिनियरिङ सकेकालाई अवसर :-

अहिले देशैभर ईञ्जिनियर उत्पादन भैरहेको छ । तर, कतिपयले रोजगारीका अवसरबाट बञ्चित हुनुपरेको छ । अध्यक्ष उम्मेदवार बराल नयाँ ईञ्जिनियरहरुलाई सरकारका विकास योजनाहरुमा संलग्न गराएर रोजगारी र क्षमता अभिवृद्धिमा सघाउने योजनाका साथ मैदानमा छन् ।
‘भर्खरै ईञ्जिनियरिङ पढाइ सकेर बसेकाहरुलाई सरकारका विकास योजनामा संल्गन गराउन सकिन्छ, उनी भन्छन्, यसले एकातिर ईञ्जिनियरहरुको क्षमता र रोजगारीको अवसर बढ् भने राज्यलाई पनि सहज र सुलभ जनशक्तिको प्राप्ति हुन्छ ।’ यो विषयलाई आफू निर्वाचित भएपछि दृढताका साथ लैजाने बराल बताउँछन् ।

बरालले स्थानीय तथा प्रदेश तहका विकास योजनाको वृद्धि तर इञ्जिनियरहरुको कामको चापलाईसमेत सम्बोधन हुने गरी दुवै तहमा ईञ्जिनियर जनशक्ति वृद्धिका लागि राज्यका तहहरुसँग पहल गर्ने योजना समेत लिएका छन् । ‘अहिले प्रदेश र स्थानीय तहमा विकासका कामको चाप छ, उनी भन्छन्, तर एकातिर ईञ्जिनियरको अभाव छ भने अर्कोतिर दक्षले रोजगारी नपाइरहेको अवस्था छ । यो अब हट्नुपर्छ । उनले यसो भएमा विकासका कामसमेत प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

सिभिल ईञ्जिनियरिङका क्षेत्रमा दुई दशक लामो अनुभव संगालेका बरालसँग थालेका काममा ९९ प्रतिशत सफलता मिलेको अनुभव छ । र, यसपाली नेपाल ईञ्जिनियरिङ एसोसिएसनको कार्य समितिका लागि ३४ औं केन्द्रीय कार्यकारिणी समितिको नेतृत्वका लागि प्रष्ट र प्रभावकारी योजना, सक्षम टिम उर्जासहित चुनावी मैदानमा उत्रिएका बराल यो अभियानमासमेत सफल हुनेमा विश्वस्त देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *