सांसदहरूले उठाएका प्रश्नमा सरकार गम्भीर भएन : वामदेव गौतम

सेयर गर्नुहोस्

१८ भदौै, काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सांसदहरूले उठाएका प्रश्नमा सरकार गम्भीर नबनेको बताएका छन्। मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सांसद गौतमले राष्ट्रिय सभामा गम्भीरतापूर्वक उठेका विषयहरूका बारेमा सरकारले आवश्यक ध्यान दिनुपर्ने बताए । उनले प्रधानमन्त्रीले आफूलाई समय नदिएको भन्दै समय मिलाएर बोलाए छलफल गर्ने बताए । उनले जनता रोइरहेको, बरबादी भएको कुरा सरकारले नसुनेको बताए ।

उनले भने, ‘सरकारले सुनेन, सरकार बहिरो भएको छ । कान थुनेर बसेको छ । जनता रोइरहेको उसलाई मतलब छैन । जनता बरबाद भइरहेको उसलाई मतलब छैन । सरकारले ध्यान दिएर काम गर्नुपर्छ । सांसद गौतमले सडक दुर्घटना न्यूनीकरणका लागि आवश्यक पहल थाल्न सरकारसँग आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *