स्थानीय तहको उपचुनावमा कसैसँग तालमेल हुदैन : प्रधानमन्त्री ओली

सेयर गर्नुहोस्

१८ भदौ, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको उपचुनावमा कसैसँग तालमेल नहुने बताएका छन् । केन्द्रीय कार्यालय च्यासलमा मंगलबार पोलिटब्यूरो बैठक उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेले एक्लै चुनाव लड्ने तयारी गर्नुपर्ने बताएका हुन् । ‘स्थानीय तहको उपचुनावमा हामी एक्लै लड्ने हो ।

त्यसैअनुसार अहिलेबाटै तयारी गर्नुपर्छ’, ओलीको भनाइ उधृत गर्दै एक जना पोलिट्ब्यूरो सदस्यले भने । ओलीले उपचुनावबाटै दलहरु एक्लाएक्लै प्रतिस्पर्धा गर्ने अवस्था बनाइने बताए । एमालेका ती पोलिट्ब्यूरो सदस्यका अनुसार ओलीले एमालेले एक्लै लडेर जित्न सरकारले गरिरहेको राम्रो कामको प्रचार र संगठन सुदृढीकरणमा जुट्न निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *