ओली बिरुद्ध चल्यो अनफलो अभियान, १८ घण्टामै घट्यो ७५ हजार फलोअर्स

सेयर गर्नुहोस्

१९ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जाल फेसबुकमा अनफलो गर्ने अभियान चलिरहेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकहरूले फेसबुकमा ओलीलाई अनफलो गर्ने अभियान चलाएका हुन् ।अभियान चलाउनु अघि मंगलबार केपी शर्मा ओलीको पेजमा ६ लाख ६६ हजार फलोअर्स रहेकोमा बुधवार यो समाचार तयार पार्दासम्म ५ लाख ९१ हजार मात्र रहेका छन् ।

मेयर साहको एमाले सांसदविरुद्धको एक पोस्ट सरकारले हटाइदिएको आरोप लगाउँदै उनका समर्थकले यस्तो अभियान चलाएका हुन् । आफ्नो पोस्ट फेसबुकबाट गायब भएपछि मंगलबार अपराह्न बालेनले लेखेका थिए–’पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ । उनको यो पोस्टपछि समर्थकहरूले प्रधानमन्त्री ओलीविरुद्ध अनफलो अभियान चलाएका हुन् । गत आइतबार ९भदौ १६ गते० मेयर बालेनले नेकपा ९एमाले०की लुम्बिनी प्रदेश सांसद रेखा शर्मामाथि नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको दाबीसहित फेसबुकमा एउटा पोस्ट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *