कांग्रेस-एमालेबीचको सहमति कार्यान्वयनमा शंका नगर्न गृहमन्त्रीको आग्रह

सेयर गर्नुहोस्

१९ भदौ, कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले कांग्रेस-एमालेबीचको सहमति कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका छन् । सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताएका छन् । संसद्‍मा भएका दुई ठूला दलबीच सहमति भएर नयाँ राजनितिक समीकरण बनाएको उनको भनाइ छ ।

‘दुई दलबीच सात बुँदे सहमति भएर सरकार निमार्ण भएको छ । कांग्रेस र एमाले मिलेर अन्तरिम संविधान बनायौँ सशत्र द्वन्द्वलाई शान्तिमा ल्यायौँ ‘, महेन्द्रनगरको एक कार्यक्रममा लेखकले भने । महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन समारोहमा उनले नेपाल प्रहरीलाई समयानुकूल अनुसन्धानका लागि समेत अब्बल बनाउनुपर्ने बताए । उक्त समारोहमा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले सम्पूर्ण नागकिरले गुणस्तरीय सेवा प्राप्त गर्न सकुन भन्ने उदेश्यले पूर्वाधार विकासमा जोड दिएको बताएट्ठ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *