झमेल रक्सले दशैमा फुटसल प्रतियोगिता आयोजना गर्दै, प्रथम पुरस्कार १ लाख

सेयर गर्नुहोस्

२३ भदौ, काठमाडौँ। झम्सिखेलका युवाहरुको संगठन झमेल रक्सले फुटसल‌ प्रतियोगिताको आयोजना गर्ने भएको छ । दशैको शुभ अवसर पारेर सम्पुर्ण युवाहरुलाई खेल क्षेत्रमा थप उत्साह जगाउने उदेश्यका साथ झमेल रक्सले सानेपाको फिल्ड फुटसलमा‌ प्रतियोगिता आयोजना गरेको आयोजक कमिटीको भनाई छ । आगामी दशैमा हुने उक्त प्रतियोगितमा फुटसल प्रतियोगिता हुने मिती चाडैँ जानकारी गराउने बताईएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख र दोस्रो हुने टिमलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ भने प्रतियोगिताको उत्कृष्ट खेलाडी र गोलकिपरलाई समान ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने छ । साथै खेल हुने मिती र दर्ता शुल्क सम्बन्धी सम्पुर्ण जानकारी चाँडै सार्बजनिक गर्ने आयोजक कमिटीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *