रबिको स्विकार : सहकारीको रकम गलत ढंगले आयो

सेयर गर्नुहोस्

२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको स्वीकार गरेका छन् । तर त्यसमा आफ्नो कुनै संलग्नता नभएको उनको दाबी छ । धनगढी विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामिछानेले भने, ‘गोर्खा मिडिया लगायतका संस्थाहरुमा सहकारीबाट गलत ढंगले पैसा गएको स्थापित भएको कुरा हो । तर त्यसमा आफ्नो संलग्नता नभएको उनको दाबी छ ।

आफू गोर्खा मिडियामा भएकै कारण अरुले गरेको बद्मासीको जिम्मेवारी लिनुपर्छ भन्ने नहुने उनले बताए । कसले बद्मासी गर्‍यो भनेर प्रहरी अनुसन्धानले देखाइसकेको भन्दै लामिछानेले भने, ‘त्यसमा मेरो संलग्नता छ कि छैन भन्ने जुन विषय हो, मैले लाभ लिएको हुनुपर्‍यो । उनले संसदको छानविन समितिले समस्या समाधान केन्द्रित भएर प्रतिवेदन दिन्छ भन्ने विश्वास व्यक्त गरे । लाखौं मानिस सहकारीबाट पीडित रहेको भन्दै उनले भने, ‘मलाई आशा छ, यसले निकास दिन सक्ने छ ।’  

Leave a Reply

Your email address will not be published. Required fields are marked *