दिल्लीका मुख्यमन्त्री केजरीवालको पदबाट राजीनामा दिने घोषणा

सेयर गर्नुहोस्

३० भदौ, काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिने घोषणा गरेका छन् । तिहाड जेलबाट छुटेको दुई दिनपछि आइतबार आम आदमी पार्टीको मुख्यालयमा आयोजित कार्यक्रममा उनले अबको दुई दिनपछि राजीनामा दिने बताएका हुन् ।

सर्वोच्च अदालतको आदेशमा धरौटीमा छुटेपछि भने केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । १४ वर्षपछि भगवान राम बनवासबाट फर्किदा सीताले अग्नि परीक्षा दिनुपरेको भन्दै केजरीवालले भने, ‘आज म जेलबाट आएको छु र अग्नि परीक्षा दिन तयार छु । अबको केही महिनापछि दिल्ली विधानसभाको चुनाव हुनेछ । यदि केजरीवाल इमान्दार हो भन्ने लाग्छ भने आफ्नो पक्षमा भेट दिन उनले आग्रह गरे । आफू दोषी हो भन्ने लाग्छ भने मत नदिन आग्रह गर्दै उनले भने, ‘जबसम्म जनताले केजरीवाल इमान्दार छन् भनेर फैसला सुनाउने छैनन्, तबसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन ’ भन्दै राजिनामाको घोषणा गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *