सहकारीको बचत हिनामिना प्रकरणमा लामिछाने दोषि ठहर; संसदिय समितिले प्रतिवेदन बुझाउने

सेयर गर्नुहोस्

३१भाद्र, काठमाडौं– सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने दोषी देखिएका छन् ।

सहकारी बचत अपचलनमा तत्कालीन उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछाने जोडिएको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेपछि प्रतिनिधि सभाले जेठ १५ गते सहकारी संस्था बचत रकम दुरूपयोगसम्बन्धी संसदीय विशेष छानबिन समिति गठन गरेको थियो।

समितिका सभापति सूर्यबहादुर थापाले  तीन महिना १५ लिन लामो अनुसन्धानपछि तयार पारिएको प्रतिवेदन सभामुख देवराज घिमिरेलाई प्रतिवेदन सोमबार बुझाउन लागेका हुन् ।समितिले यस प्रकरणमा रविसँगै ९ जनालाई कारबाही गर्नुपर्ने आधारसहितको प्रतिवेदनमा आज संसद्मा पेश गर्दै छ ।

गोर्खा मिडिया कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुईवटा बैंकमा संयुक्त खाता सञ्चालन गरिरहेको भेटिएको समितिका एक सदस्यले बताएका छन् ।

समितिले गोर्खा मिडिया नेट्वर्कले खोलेको ग्यालेक्सी टेलिभिजन सञ्चालनका लागि देशका तीन ठूला सहकारीबाट ८१ करोड रुपैयाँ बढी भित्र्याएको पनि भेट्टाएको छ ।लामिछाने प्रबन्ध निर्देशक रहेकै समयसम्म पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको सहारा सहकारीबाट ८१ करोड ३१ लाख रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा भित्रिएको समितिले ठहर गरेको छ ।

रास्वपा सभापतिसमेत रहेका ग्यालेक्सी टेलिभिजन सञ्चालक संस्थाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसँग संसदीय समितिले करिब ९ घन्टा सोधपुछसमेत गरेको थियो। लामिछानेले सहकारीहरूबाट बचत रकम गोर्खा मिडियामा आएको कुरा आफूलाई थाहा नभएको बताएका थिए।‘रवि लामिछानेको पदीय दायित्वअनुसारको जिम्मेवारीले पनि सहकारीको पैसा आएको कुरा मलाई थाहा छैन भन्न मिल्ने अवस्था देखिँदैन भन्ने निष्कर्षमा समिति पुगेको छ, यही कुरा प्रतिवेदनमा समावेश गरिएको छ,’ एक सदस्यले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *