जबरजस्ती करणी गरेको आरोपमा ६० बर्षिय पुरुष पक्राउ

सेयर गर्नुहोस्

४ असोज,तेह्रथुम । ५६ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालीगुराँस नगरपालिका–१ गैरी टोल डेरा गरी बस्ने भोजपुर साल्पासिलिछो गाउँपालिका–५ घर भएका ६० वर्षीय बाङठा भन्ने प्रेम तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तामाङले ती महिलालाई भदौ ३० गते राती जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *