सरकार सधैँ उद्योगीको साथमा छ : उद्योगमन्त्री भण्डारी

सेयर गर्नुहोस्

असोज ४, काठ्माण्डौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार उद्योगीको साथमा रहेको बताएका छन् । उद्योग, वाणिज्य संघ ललितपुरको ४५औँ बार्षिक साधारणसभामा बोल्दै उनले सरकार र निजिक्षेत्र मिलेर जानुपर्ने बताएका हुन् । मन्त्री भण्डारीले नितिगत सुधारका लागि सरकारले निजि क्षेत्रको सुझाव लिएको बताउदै उनले मन्त्रालय सुधार कार्ययोजना तयगर्ने बेला सबै क्षेत्रका व्याक्तिहरुसंग सुझाव लिएकोमा उक्त कार्ययोजना कार्यान्वयन गरिरहेको बताए ।

उनले “आर्थिक मन्दी”का कारण व्यवसायीहरुलाई परेको आर्थिक संकटको समाधानगर्न सरकारका तर्फबाट आवश्यक प्रयास थाल्ने समेत बताएका छन् । युवाहरुलाई उद्यमी बनाउन स्टार्टअप कार्यक्रम ल्याएको बताउदैँ उनले वर्तमान चुनौतिहरुलाई सम्भावनामा बदल्न आग्रह गरे । युवाहरुले विदेशमा मात्रै सम्भावना देख्ने प्रवृत्ति सुखद नभएको उनको भनाई छ ।

मन्त्री भण्डारीले संघीय सरकार, प्रदेश सरकार र स्थानियतह मिलेर मात्रै देशको विकास सम्भव भएकाले जनतामा देखिएको निराशाको अन्त्यगर्न तिनै तहका सरकारको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *