प्रधानमन्त्री ओली न्युयोर्कमा

सेयर गर्नुहोस्

५ असोज, न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुने क्रममा आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका छन् । प्रधानमन्त्री ओली कतारको दोहा हुँदै स्थानीय समय अनुसार शुक्रबार राति ९।४५ बजे न्युयोर्क पुगेका हुन् । प्रधानमन्त्री ओलीलाई न्युयोर्कको जोन एफ केनडी अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसंघका लागि स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापा, वासिङ्टन डिसीस्थित नेपाली दूतावासका कार्याबाहक राजदूत कुमारराज खरेल, न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका काबा महावाणिज्यदूत चक्र सुवेदी र अधिकारीहरुले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *