लामिछानेलाई जोगाउनकै लागि सहकारी छानबिन प्रतिवेदन बनाइयोःजनमोर्चा

सेयर गर्नुहोस्

६ असोज,काठमाडौं- असोज ४ र ५ गते बुटवलमा बसेको  राष्ट्रिय जनमोर्चा पार्टीको केन्द्रीय परिषद बैठकले तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई बचाउने गरी ‘सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति’ले प्रतिवेदन बनाएको आरोप लगाएको छ । उक्त समिति नै लामिछानेलाई बचाउने गरी गठन भएको निष्कर्ष निकालेको हो ।

अध्यक्ष चित्रबहादुर केसीले निकालेको विज्ञप्तिमा भनिएको छ सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति’ वास्तवमा सरकारद्वारा तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई जोगाउने उद्देश्यद्वारा नै गठन गरिएको थियो” विज्ञप्तिमा अगाडि भनिएको छ, ‘ समितिले तत्कालीन गृहमन्त्री जोडिएको सहकारी रकम ठगी अपचनल प्रकरणमा अगाडि सारेका तथ्यप्रमाणबाट रवि लामिछाने उपर सहकारीको रकम ठगी र अपचलनका विषयमा लाग्दै आएको आरोप पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *