पारस खड्काले लेजेन्ड्स लिग २०२४ नखेल्ने

सेयर गर्नुहोस्

६ असोज, काठमाडौं – शुक्रबारदेखि राजस्थानको जोधपुरमा सुरु भएको  लेजेन्ड्स लिग २०२४ नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा पुर्वकप्तान पारस खड्काले नखेल्ने भएका छन् ।

पारसलाई अक्सनमा गुजरातले १२ लाख ५ हजार भारतीय रुपैयाँमा किनेको थियो । तर पारसले व्यक्तिगत कारणले उक्त लिग खेल्न जान नपाउने बताएकाछन् ।अहिले क्यान र प्रदेशको वार्षिक साधरण सभा तथा नेपाल प्रिमियर लिग(एनपीएल) मा ब्यस्त भएकाले लेजेन्ड्स लिग खेल्न जान नभ्याउँने बताए ।

क्यानको वार्षिक साधरण सभा असोज ११ र १२ गते पोखरामा हुँदैछ । जिल्ला र प्रदेशको साधारण सभा निरन्तर जारीछ । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन भने दशैंअघि गर्ने तयारी भइराखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *